
रुपन्देहीको गैडहवा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न
रुपन्देहीको गैडहवा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता बिहिवार सम्पन्न भएको छ ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट ले हरेक खेल अनुसासन पुर्वक खेलेर खेल खल्नुपर्ने र खेलाडीले खेलमा सहभागी भएर हार जित स्वाभाविक रहेको भन्दै गाउँ पालिकाले खेल जगतलाई सधै प्राथमिकता राखेर काम गरिरहेको बताउनु भयो । यस्तै कार्यक्रममा अतिथिहरु वाड न २ का वाड अध्यक्ष तुल बहादुर पुन वाड ५ का वाड अध्यक्ष कृष्ण शंकर प्रसाद गुप्ता वाड न ६ का वाड अध्यक्ष रामवेलास यादव , वाड न ८ का अध्यक्ष भुवन बहादुर राना सामुदायिक रेडियो कञ्चनका समाचार प्रमुख दिनेश घिमिरे , लगाएत स्थानीय बुद्धिजीवी राजनीतिक दल सुरक्षाक्रमी सञ्चारक्रमि ले कार्यक्रमिले सफलता को शुभकामना बोलेका थिए ।
भलिबल कार्यक्रममा १८ टिमको सहभागी रहेको थियोे पहिलो , डाँफे मुनाल युवा क्लब गैडहवा ७ दोस्रो हसनापुर युवा क्लब गैडहवा ८ तेस्रो एचावल गैडहवा ७ र पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमश २००००,१५०००,८००० मेडल प्रमाणपत्र र ड्रेस पाएका थिए कार्यक्रममा अध्यक्षत्ता द्वारिका हरिजनले सम्पूर्ण सहयोगले कार्यक्रम सम्पन्न गर्न सफल भएको बताउनु भएको थियोे । कार्यक्रमको सन्चालन सरिता हरिजनले गर्नु भएको थियोे भने आयोजक सुर्यपुरा साथी संजाल गैडहवा ६ र संरक्षक गैडहवा गाउँपालिका रहेको थियोे ।