ओझेल भित्रका सचेतना अभियान
No icon

आठौं एनभीए भलिबलः पुरुषतर्फ हेल्प नेपाल, महिलातर्फ एभरेष्ट विजयी

आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ । 

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ सेटले विजयी हुँदै उपाधि जितेको हो । हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७ र २२-२० ले जितेको हो । 

प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस तेस्रो बने । महिलातर्फ फाइनलमा एभरेष्ट भलिबल क्लब बुटवलले उपाधि जित्यो । एभरेष्टले फाइनलमा पुलिसलाई हराएको थियो ।

Comment As:

Comment (0)