ओझेल भित्रका सचेतना अभियान
No icon

विश्व सुख शान्ति बौद्ध विहारको शान तिलोत्तमा नगरको पहिचान

चन्द्रा थापा मगर
रुपन्देही जिल्ला तिलोत्तमा १ शंकरनगरको विश्व सख शान्ति बौद्ध विहार बौद्धिष्ट धर्मालम्बीहरुका लागि एउटा छुट्टै पहिचान बनिसकेको छ । शान्तिको प्रतिक मानिने बौद्धको विहारमा पहिलो पल्ट पाइला टेक्ने जो कोहीले पनि आनन्दको अनुभुति गरेका हुन्छन । बाहिरबाट देखिएको र सोचेको वा सुनेको भन्दा नितान्त नौलो र पृथक रुपले आनन्द र शान्ति महसुस गर्न सकिन्छ योे विहारमा । जता हे¥यो उतै विशाल जंगल र हरियो बोट विरुवा यसैको विचमा भन्टे ज्यूहरु ध्यान बस्ने  ६ वटा कुुटी यसै पनि स्वर्गको अनुभुति गर्न सकिने यो बौद्धको विहारमा बर्मा थाइल्याण्ड लगायत अन्य देशबाट आउने भिक्षुहरुलाई साच्चिकै आनन्दित तुल्याउँछ ।

२०५३ सालमा शंकरनगरको सामुदायिक वनमा स्थापना गरिएको यो बौद्ध विहारमा वर्मा, थाइल्याण्डबाट ल्याइएको बुद्धको मूर्तिहरु राखिएको छ । विहारमा विभिन्न ठाउँबाट आउने बौद्ध धर्मालम्बीहरुको लागि सिविर राख्ने भवनहरु निर्माण भएका छन् साथै धम्मा हलका भवनहरु पनि निर्माण गरिएको छ । नियमितरुपले भन्टेज्यूहरु र गुरुआमाहरु ध्यान बस्ने कुटीहरु निर्माण भएका छन् यी सबै दानवीर दाताहरुले दान गरेर  बनाइएको हो । विहारमा अहिले ३ वटा कुटीहरु निर्माण हुदैछ त्यस मध्ये २ वटा गुरुआमाहरुले आफ्नै लगानीमा निर्माण गरेका छन् भने एउटा रिसेप्सन कुटी सस्थापक पूर्व अध्यक्ष बलबहादुुर गुरुङले पनि आफ्नै लगानीमा  निर्माण गर्दैछन् । यसरी विहारमा विभिन्न ठाउँबाट प्रवचन, ध्यान सिविर बस्न आउँदा गुरुहरुको प्रवचन सुनेर स्वतः स्फुर्ट रुपमा दान दाताहरुले विहारलाई सहयोग गरेका हुन्छन् । विहारमा के कुराको आवश्यकता छ ती आवश्यकतालाई मध्यनजर गरी भवन र कुटीहरु पनि दानवीर दाताहरुले नै निर्माण गरिदिएको कुरा अध्यक्ष चन्द्र बहादुर श्रीषले जानकारी दिए । यो विहारलाई यहाँको स्थानीय सरकारले आजसम्म ५ लाख रुपैयाँ मात्र सहयोग गरेको छ भने अन्य सहयोगहरु बर्मा लगायत बाहिरी जिल्लाहरुबाट आउने भएकोले विहार सञ्चालन गर्न केही सहज भएकोे अध्यक्ष लगायत विहारका उपाध्यक्ष खेम गरुङले बताए । अहिले विहारमा नियमितरुपले ध्यान बस्ने ३ जना भन्टे ज्यू र ३ जना गुरुआमाहरु रहेका छन् । विहारमा दैनिक पाठ पुजा लगायत बेला बेला बर्काबास तथा ध्यान शिविर भइरहने गर्छन् ।

१२ विघा क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनको जग्गा विहारका लागि आवश्यक क्षेत्रफल छुट्याएर त्यसको डी.पी.आर. गर्न अझै बाँकी छ । बौद्ध विहार स्थापना भएदेखि दुई दशक भन्दा बढी अध्यक्ष रहदै आएका शंकरनगर १ निवासी बलबहादुर गुरुङले विहारलाई ठुलो योगदान पु¥याउँदै आएका थिए भने अहिले  शंकरनगर १ निवासी चन्द्र बहादुर  श्रीष मगर विहारको अध्यक्ष रहदै आएका छन् । विहारमा  थुप्रै विकास निर्माणका कामहरु पुर्व अध्यक्ष बलबहादुर गरुङको कार्यकालमा  भए पनि  अझै धेरै कामहरु गर्न बाँकी  रहेकोले अबका दिनहरुमा आवास गृह निर्माण गर्ने , पार्किङ स्थल बनाउँने विहारको क्षेत्रफल छुट्याएर कम्पाउण्ड लगाउने लगायत थुप्रै कामहरु आफ्नो कार्ययोजनामा पुरा गर्ने सोँच  अध्यक्ष श्रीषले बताएका छन् ।  यो विहार शंकरनगर बौद्धिष्ट धर्मालम्बीहरुको लागि मात्र होइन यो एउटा तिलोत्तमा नगरपालिको गौरव,शान र पहिचान पनि होे । यद्यपी यो बौद्ध विहारलाई स्थानीय सरकारले संरक्षण गरि विकास निर्माणमा टेवा पु¥याउँनु पर्ने जरुरी देखिन्छ ।


 

Comment As:

Comment (0)