ओझेल भित्रका सचेतना अभियान
No icon

मानव चेतनाको द्वार खोल्न सहयोगी हुँदै ओशो आश्रम 

१८ कार्तिक कपिलबस्तु ।  बाणगंगा नगरपालिका–८ मायादेवी रङ्गशाला नजिकै रहेको ओशो तथागत ध्यान आश्रम पर्यटकीयको रुपमा राम्रो गन्तव्य बन्दै मानव चेतनाको द्वार खोल्ने पवित्र धार्मिक केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । मावन जगतका समस्याहरु तनाव व्यवस्थापन, धार्मिकता एवं धर्म दृष्टिकोणको ज्ञान भित्र रही शान्ति, मेलमिलाप, धैर्यता, पारिवारीक व्यबस्थापन समेतमा सहयोगी वन्ने यो आश्रम सुन्दर एवं मनमोहक भई पर्यटकीय क्षेत्रका परिचित भएको छ ।  
 

प्राकृतिक सौन्दर्य समेत कायम हुदै यो आश्रम कपिलबस्तु जिल्लाकै नमुना बन्न थालेको छ । स्वामी गगनले भन्नुभयो –‘ओशो एउटा दर्शन हो । ओशो जिवन जिउने  र मर्ने कला हो । यो प्रत्येक धर्मलाई सम्मान गर्नुको साथै यसको ध्यानले हामीलाई विभिन्न कुराहरु सिकाउँछ, जस्तै आनन्दित बनाउँछ, पिडा हटाउँछ, मनलाई शान्त बनाउँछ र सकारात्मक सोचको विकास गर्दछ ।’  हो यसरी सकारात्मक सोचको साथ स्थानिय अगुवा र स्वामीहरुको स्वेक्षिक लगानी र उहाँहरुकै पहलमा वि.स.२०७२ सालदेखि सुरु गरिएको ओशो आश्रम छोटो अवधिमा नै यस क्षेत्रको स्वरुप नै परिवर्तन गर्न सफल भएको छ । 



पछिल्लो समयमा विभिन्न किसिमको तनाव र पिडामा भएका मनिसहरु यस आश्रममा आफ्नो पिडालाई भुल्न र मनोरम प्राकृतिक वातावरणमा रमाउनको लागी भए पनि यस ओशो आश्रममा आउने गरेको बाणगंगा–८ बोर्डगाउँ निवासी स्वामी रामनारायण चौधरीले जानकारी दिनुभयो । करिब दुई बिगाह क्षेत्रफलमा फैलिएको सुन्दर ओशो आश्रममा हरेका विहान वुद्धम शरणम गच्छामीका प्रार्थनावाट सम्पूर्ण ज्ञात तथा अज्ञात वुद्ध पूरुषहरुको प्रार्थना सगै योग तथा ध्यान विधिको प्रयोग र हरेक साँझमा शिव, राधाकृष्ण, वुद्ध,ओशो, शिवपुरी वावा लगायतका वुद्ध पूरुषहरुको आरती उत्सव हुने गर्दछ । 
योग तथा ध्यानमा  आउने ध्यानीहरुको घुईचो लाग्ने गर्दछ । यस ठाउँमा आउँदा छुट्टै आनन्दको अनुभुति हुने भएकोले पनि यस ठाउँमा पछिल्लो समय पर्यटकहरुको राम्रो गन्तब्य बन्दै गएको स्वामी रामनारायण चौधरीकोे भनाई रहेको छ । 

 

 

यसरी यस ठाउँमा दिनहुँ पर्यटकहरुको आगमन संगै यस क्षेत्रको छुट्टै चहलपहल हुन सुरु भएको छ । पर्यटकहरुले यहाँ आएपछि एकन्त आफ्नै ठाँउमा आएको जस्तो महसुस गर्छन् । जहाँ मानिसलाई चाहिने शुद्ध हावापानीको व्यवस्था र बस्नाको लागी आवास पनि व्यवस्था रहेको गगन स्वामीले बताउनु भयो । ओशो आश्रम भित्र पंचशिल मन्दीर, गुरु र चेलाको उपनिषद विम्व झल्कने मूर्ति आगन्तुकको ध्यान केन्द्रीत गर्दछ ।  यसरी मनै लोभ्याउने यस आश्रम भित्र आत्यन्तै कलात्मक रुपमले निर्माण गरिएको शिवा मूर्ति र पार्कभित्रको मनोरम दृश्यहरुले जो कोहीलाई घण्टौ बसेर चिहाउँदा छुट्टै आनन्दको र अध्यात्मिक उर्जाको अनुभुति महशुस हुन्छ । यही अध्यात्मिक उर्जाका कारण आश्रममा पर्यटकहरुको अगमन हुने गरेको आगन्तुक वताउछन् । 
अन्य आश्रमभन्दा यस आश्रमको छुट्टै पहिचान र महत्व बोकेको छ । बाणगंगा आफैमा आध्यात्मीक क्षेत्र र प्राचीन भागिरथी नदि हालको बाणगङ्गा नदिको किनरमा आश्रमले बाणगंगा नगरपालिकाको सुन्दरता झल्काउन थप योगदान गरेको छ । 

हुन त यस ठाउँमा भगवान रामचन्द्रले बनवासमा रहँदा पानीको समस्या देखि बाण प्रहार गरि पानीको मुल फुटेर गंगाको रुपमा परिणत भई बाणगङ्गा नदिको नामाकरण पनि यस ठाउँमा गरिएको विभिन्न किमदन्तीहरु रहिआएको छ । यही बाणगंगा नदीको उद्गम स्थाल देखि विभिन्न शांन्ख्य दर्शनका प्रणेता महर्षी कपिलमुनिको तपोभूमि, श्रृङ्गिघाट, मधुवनधाम, कपिलधाम, रामदतुवीन, शिवा पर्वती गुफा, लक्ष्मणघाट जस्ता धार्मिक केन्द्र भएको ठाउँमा ओशो आश्रम निमार्ण संगै यस क्षेत्रको विकास गर्न सहज र सरल भएको गगन स्वामीको भनाई रहेको छ । स्वामी गगनले वाणगंगा नगरपालिकाको उत्तरी क्षेत्र धामै धामले भरिएको उर्जाशिल क्षेत्र भएकोले यस क्षेत्र वनगाई देखि पिपरा सम्मको क्षेत्रलाई चारधाम क्षेत्र घोषणा गरी समन्वयात्क ढंगवाट विकास गर्न सके पर्यटन प्रवद्र्धन समेत भई रोजगारीका क्षेत्र वढ्ने वताउनु हुन्छ । अहिले ओशो आश्रममा दैनिक करिब एक सय भन्दा बढी मानिसहरु आउने जाने गर्दछ । यस आश्रमलाई अझै सुन्दर र व्यावस्थित बनाउँदै लैजाने योजना रहेको स्वामी आनन्द बैरागीले जानकारी दिनुभयो । उहाँले वडा, नगरपालिका संग सहकार्य गर्दै यस क्षेत्रको थप पर्यटकीय गन्तब्य बनाउनको लागी आगडी बढ्ने गुरु योजना रहेको बताउँनुभयो । 

त्यस्तै गगन स्वामीले यस ओशो पार्कको अझ पुर्वाधारको विकास गर्नुको साथै संसारभरका सन्यासीहरुको राम्रो गन्तव्य बनाउने उद्देश्य रहेको बताउँनुभयो । उहाँले यस आश्रममा अझ बुद्ध, शिवा, कृष्ण, ओशो, स्वामी आनन्द, गुरु ननक,  रामकृष्ण सहित विभिन्न गुरुहरुको मन्दिर तथा मुर्तिहरु स्थापना गर्ने अगामी योजना रहेको जनकारी दिनुभयो । आजभोली ३ वाट विहान, दिवा र सन्ध्यामा ध्यानहरु चलिरहेको बताउँदै गगन स्वामीले यसलाई ६ वटा सेसनमा ध्यान चलाउने योजना भैरहेको जनकारी समेत दिनुभयो । यसरी आफुलाई जिवनमा आनन्दित बनाउँनु छ र मनमा शान्ति तुल्यानु छ भने  ओशो आश्रम र यस भित्रको सुन्दर पार्कको अवलोकन गर्ने अवसर छ र प्रत्येकको भाव शुद्धि गर्न सहयोग पु¥याउन सक्नेमा सहयोगी हुने विश्वास रहेको स्वामी ध्यान गगन वताउनु हुन्छ ।

Comment As:

Comment (0)