काैराहा सम्पन्नः
कौराहा नृत्य मगर समुदायको प्रमुख लोक नृत्य हो । यस नृत्यमा पुरुषहरुले गाउने र अविवाहित युवतिहरुले नाच्ने गरिन्छ । मुख्यतयः साली अर्थात भान्जीहरुले कोसेलीसहित निम्तो गरेपछि रोदिमा नाच्ने गाउने तथा रमाइलो गर्ने गरिन्छ । देवि देवताको शरण परी सुरुवाट गर्ने यो नृत्य खण्ड खण्डमा अत्यन्तै रोचक र मन मस्तिष्कमा स्मरण गर्ने गरी हर्ष, उल्लास र खुशीका साथ नाच्ने गाउने गरिन्छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ स्थित सुन्दरनगर टोलमा सगरमाथा आमा समुहद्धारा आयोजित ५ दिने कौराहा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रका विशिष्ट अतिथि कञ्चन गाउँपालिका वडा नं.१ का वडा सदस्य जुना परियारकाे उपस्थिति रहेकाे थियाे भने प्रमुख प्रशिक्षक तँनहु जिल्लाका लाल बहादुर राना र दुर्गा दगामी राना हुनुहुन्थ्यो । प्रमुख प्रशिक्षकहरुले कौराहाको महत्व र औचियत्यको बारेमा प्रस्त्याउनु भएकाे थियाे ।
अतिथिहरुमा मगर सेवा संघ जिल्ला उपाध्यक्ष माया पुन, टोल विकास संस्थाका अध्यक्ष भक्त बहादुर थापा, सूर्यमुखि युवा क्लवका अध्यक्ष सागर थापा, सुपा देउराली ग्रीन पार्कका अध्यक्ष हरि बिक्रम शाही, सुन्दरनगर खानेपानीका अध्यक्ष डम्बर चालिसे, मन्दिर डाडा खानेपानी अध्यक्ष जीवन थापा, त्रिपुशवर मन्दिर निर्माण समितिका अध्यक्ष नुन्न प्रसाद न्यौपानेकाे विशेष उपस्थित रहेको थियो । कार्यक्रममा तँनहु सम्पर्क मञ्चका सचिव उर्लाविर थापा तथा समाजसेवी टेक बहादुर के.सी, तुलाराम सिंजालीको समेत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम सगरमाथा आमा समुहको अध्यक्ष हिमाल थापाको संयोजत्तामा भएको थियो भने कार्यक्रम सञ्चालन अरुण दर्लामी मगारले गर्नुभएको थियो ।