ओझेल भित्रका सचेतना अभियान
No icon

कोरोना कहरको पहिलो र दोस्रो चरणको लकडाउनले  होटल व्यवसाय मारमा

पाल्पा जिल्ला साविक चापपानी ५ मा जन्म भए पनि तानसेन न.पा. ९ दमकडामा बाल्यकाल विताएका एक बहादुर गाहा समाजसेवी भु.पु. लाहुरे हुन् । २८ वर्ष भारतीय सेनामा बिताएर सु.मे. मा अवकाश पछि पाल्पामा समाजसेवी लाहुरेको परिचय बनाएका गाहाले अर्काे उचाई  थप्दै होटल व्यवसायीका रुपमा परिचित छन् । रुपन्देही तिलोत्तमा न.पा. डाइभर टोलमा स्थायी बसोबास गर्दै आएका एक बहादुर गाहालाई आज सफलताको यो उचाई सम्म पुग्न पक्कै पनि सहज थिएन, जीवन अगाडि बढाउने क्रममा  थुप्रै आरोह अवरोह र घुम्ती मोडहरुलाई पार गर्दै र त्यसलाई चिर्दै संघर्षसँग पौठे जोरी खेलेका थिए ।  लुम्बिनी प्रदेशका विभिन्न ऐतिहासिक तथा धार्मिक पर्यटकीय   स्थलहरुमा आउने पर्यटकहरुलाई   लक्षित गरी २०७६ सालमा साथीहरुको सहकार्यमा ६ करोडको लगानी गरी अहिले  तिलोत्तमा ३ योगीकुटीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन्  । उनले  व्यवसाय सञ्चालन गरेको केही  समय पछि  विश्व नै अस्तव्यस्त हुने गरी कोभिड –१९ को पहिलो र  दोस्रो चरणको लकडाउन  शुरु भए लगत्तै अहिले होटल व्यवसाय धरासायी बन्दै गएको छ । दोस्रो चरणकोे लकडाउन पछि स्वास्थ्य मापदण्ड पालना गरी होटल व्यवसाय सञ्चालन भए पनि कोभिडको संक्रमणका कारण होटलमा कार्यक्रम नहुँदा र व्यक्तिहरुको आवत जावत कम हुदाँ होटल व्यवसाय पूर्णरुपमा  सञ्चालन हुन सकेको छैन । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई  सेवा पु¥याउँने उद्देश्यले होटल व्यवसाय सञ्चालन गरे पनि  पर्यटकहरु सहजरुपमा  घुमफिर गर्ने अवस्था  नभएकोले  होटल व्ववसायीहरु अझै पनि अन्योलमै परेका छन् । त्यसैले गर्दा होटल सञ्चालकहरुको करोडौको लगानी जोखिममा परेको छ भने होटलमा काम गर्ने कामदारहरुको रोजगारी गुमेको छ ।  कोरोना माहामारी र लकडाउनकोे जटिल अवस्थाबाट होटल व्यवसायलाई टिकाई राख्न सकियो भने भोलिका दिनमा  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सेवा दिन सकिन्छ की भन्ने  झिनो आशा पलाएको  बताउँने होटल सञ्चालक एक बहादुर गाहासँग हाम्रो गोरेटो राष्टिय मासिक र गोरेटो अनलाईनका लागि कार्यकारी सम्पादक चन्द्रा थापा र सीता गाहाले होटल व्यवसाय सम्बन्धि गरेको कुराकानी ः–


व्यवसायहरु त थुप्रै थिए यो होटल व्यवसाय नै किन रोज्नु भयो ?
 देशको अर्थतन्त्रलाई होटल व्यवसाय तथा  पर्यटन क्षेत्रले ठुलो टेवा पु¥याउने भएकोले  २०२० लाई नेपाल सरकारले “भिजिट नेपाल २०२०” कोे घोषणा गरी  धेरै  पर्यटकहरु नेपाल भित्त्रयाउने उद्देश्य लिएको थियो,साथै भैरहवामा पनि क्षेत्रिय अन्तराष्टिय  विमानस्थल तयारी  भइरहेको छ । अर्को कुरा महत्वपूर्ण ठाउँ  बुद्धको जन्म स्थल लुम्बिनी विश्वका लागि  पर्यटकीय धार्मिक  स्थल भएको र लुम्बिनी  प्रदेशमा  विभिन्न धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण  पर्यटकीय स्थलहरु भएकोले आन्तरिक तथा बाह्य पर्यटक बढी आगमन हुने हुदाँ बुटवलमा पर्यटन विकासमा  केही गर्न सकिन्छ की भन्ने उद्देश्यले साथीहरुको सहकार्यमा  होटल व्यवसाय रोजेको  हो ।   
पर्यटकीय क्षेत्रलाई लक्षित गरी होटल सञ्चालन गर्नु भएको रहेछ लगानी कति गर्नु भएको छ ?
शुरुमा हामीले कम लागतमा सञ्चालन गर्न सकिन्छ की भन्ने सोच थियो तर सोचेको भन्दा बढी खर्च भएकोले  अहिले सम्म ६ करोड भन्दा माथि लगानी पुगेको छ । 
ठुलो लगानीमा होटल व्यवसाय सञ्चालन गर्नु भएको रहेछ यो होटलमा सर्वसाधारण व्यक्ति आएर खान बस्न सक्ने अवस्थाको छ की छैन ? 
व्यवसाय गरेपछि  केही आम्दानी होला भन्ने सोचले लगानी गर्ने हो यसमा सामान्य व्यक्तिलाई त गाहे होला तर अहिलेको आधुनिक प्रविधि अनुसार सेवा सुविधालाई पनि उपयोग गर्नु पर्छ भन्ने सोच लिने हो भने मध्यम वर्गका व्यक्तिलाई पनि अन्य होटलहरु भन्दा उचित मुल्य राखेर सेवा गर्दै आएका छौ । 
होटलहरुमा प्राय जसो ग्राहकहरुलाई दिने सेवा सुविधाहरु त एउटै हुन्छन् अरु होटल भन्दा यो होटल के कुरामा पृथक छ र पर्यटकहरुले होटल बुटवल भ्युलाई नै किन रोज्ने ?
पहिलो कुरा हाम्रो होटल हाइवेसँग सटेको हुनाले  लोकेसनले पनि प्रभाव पारेको छ  किन भने भैरहवा विमानस्थल जान सजिलो, बुटवलको बसपार्कबाट विभिन्न ठाउँमा जान सकिने  लगायत रुपन्देहीको विभिन्न पर्यटकीय स्थलहरु अवलोकन गर्न यो होटल सेन्टर परेको छ । अर्काे कुरा ३०० भन्दा बढी बस्न मिल्ने सेमिनार हल, बोर्ड मिटिङ्ग हल, सेपरेट हल, फेमिली रेष्टुरेण्ट एण्ड बार र १०० भन्दा बढी बस्न मिल्ने क्षमता भएको लाइफ कन्सर्ट हल जस्ता पृथक  सेवा सुविधाहरुले गर्दा हाम्रो होटल  पर्यटकहरुको रोजाईमा  पर्नु स्वभाविकै हो ।   
मुलुकको समृद्धिमा  ठुलो योगदान पुर्याउँने होटल व्यवसाय तथा पर्यटन क्षेत्र अहिले कोभिडको कारण चरम संकटको अवस्थामा पुगेको छ अब यो व्यवसायलाई टिकाइ राख्ने आधारहरु  के  देख्नु भएको छ ? 
पक्कै पनि कोभिडको पहिलो र दोसो  चरणको लकडाउन हाम्रो देश मात्र होइन  विश्व  नै अस्तव्यस्त भएको बेला होटल व्यवसायलाई झनै प्रत्यक्ष रुपमा मार परेको सबैलाई सर्वविदितै छ , किन भने हाम्रो  लेवलका होटलहरुलाई टिकाई राख्न निकै गाहे छ । अहिले आंशिक रुपमा होटलहरु खुले पनि त्यसले सञ्चालन खर्च र बंैक व्याज पनि धान्ने अवस्था छैन त्यसकारण  होटल व्यवसाय तथा पर्यटन क्षेत्रले राज्यलाई अर्थतन्त्रमा ठुलो योगदान पु¥याउने भएकोले  कोभिडका कारण धरासायी बनेका होटलहरु पुनरुत्थान गर्न सरकारले राहत प्याकेजको व्यवस्था गर्नु जरुरी देखिन्छ र यो राज्यको दायित्व पनि हो । पहिलो  चरणको लकडाउन पछि  सरकारले ५ प्रतिशतले राष्टबैंकबाट पुनरकर्जा को व्यवस्था गरे पनि त्यो प्रयाप्त नभएको सबै व्यवसायीहरुको गुनासो रहेको हुँदा होटल व्यवसायहरुलाई पुनरउत्थान गर्ने दायित्व राज्यले पुरा गर्नु पर्छ भन्ने हाम्रो धारणा हो । 
व्यवसाय सञ्चालन गर्नु ठुलो कुरा होइन व्यवसायलाई टिकाइ राख्नु ठुलो कुरा हो पछि सम्म निरन्तरता दिएर एउटा सफल व्यवसायी बन्नलाई के कुराको आवश्यकता पर्छ होला ?   
पक्कै पनि व्यवसाय सञ्चालन गर्न सजिलो छ यसलाई निरन्तरता दिएर लामो समयसम्म टिकाइ राख्न गाहे भएकोले पुर्व योजनाको  आवश्यकता पर्छ । हामीले अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने सोँच थियो तर कोभिडले गर्दा सफल हुन सकेन । अब शेयर सदस्य थप गर्ने की शेयर पुँजी  बढाउँने, के गर्दा ठिक हुन्छ हामी अध्ययन गरी छलफल गरेर यसलाई निरन्तर टिकाई राख्ने सोँच बनाएका छौ । 
 

Comment As:

Comment (0)